शनिबार, बैशाख ८, २०८१

पुनःनिर्माण प्राधिकरण बैठक :क्षतिग्रस्त सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने

  कलात्म्क आवास निर्माणका लागि थप ५० हजार अनुदान, दुई हजार ३४५ लाभग्राही सूचीथप

 काठमाडौ भाद्र २९, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आज बसेको बैठकले २०७२ बैशाखको महाभूकम्पका कारण क्षतिग्रस्त सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने नितिगत निर्णय गरेको छ ।   प्राधिकरणका अनुसार यस्ता सम्पदा सहितको मौलिक वस्तीहरुमा क्रमस   खोकना, बुङ्मती, साँखु, किलागल र उपत्यका बाहिरका नुवाकोट, गोरखा दरबार क्षेत्र एवंम दोलखाको भीमसेन बजार क्षेत्रमा बस्तीरहेको जनाएको छ ।

साथै बैठकले मौलिक वस्तीभित्रका निजी आवास पुनःनिर्माणको हकमा भने घरधनीलाई मौलिकसंरचनामा आवास निर्माणका लागि थप रु ५० हजार अनुदान उपलब्ध गराइने पौधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले दुई वा त्यसभन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको सङ्ख्या गणना गरी अनुदान रकम उपलब्ध गराउने जनाउँदै महन्वपूर्ण निर्णय अनुरुप  उपत्यका भित्रका बस्तीमा लाभग्राही सूचीमा परेका घरको पुनःनिर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय समेत गरेको छ ।

यसैवीच आजको बैठकले दुई हजार ३४५ गुनासोकर्तालाई पुनः निर्माण लाभग्राही सूचीमा समावेश गर्ने निर्णय गरेको छ । भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ साल मङ्सिर मसान्तसम्म दर्ता भएका १३ हजार ३७९ गुनासो फछ्र्यौट गर्दै यस्तो निर्णय गरेको हो । प्राधिकरणका अनुसार पुनः निर्माण लाभग्राहीले आफ्नो घर बनाउन प्राधिकरणबाट ३ किस्तामा रु ३ लाख र प्रबलीकरण लाभग्राहीले दुई किस्तामा रु १ लाख अनुदान पाउँने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।