बिहिबार, चैत्र १५, २०८०

पीडान  प्रदेश न. ४ तदर्थ समिति पोखराको बैठक सम्पन्न 

पीडानका केन्द्रीय अध्यक्ष वास्कोटालाइ स्वागत गर्दै तदर्थ समितिका अध्यक्ष रुद्ध मल्ल

 काठमाडौं माघ २० , थोक औषधि व्यवसायीहरुको छाता संगठन पीडानको  प्रदेश न ४ अन्र्तगत पोखरा तदर्थ समितिको बैठक सम्पन्न भएको  छ ।   तदर्थ समितिका अध्यक्ष रुद्धमल्लकको सभापतित्व एवम् पीडानका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाको विशेष आतिथ्यतामा सम्पन्न उक्त बैठकले औषधि व्यवसायीले झेल्दै आएका यावत समस्यालाइ अवका दिनमा संस्थागत रुपमा सम्बोधन गर्ने मार्ग चित्र सहित पीडानलाइ क्रियाशील गराउँने र व्यवसायीका हक अधिकारका लागि सरोकारवाला निकायसंग संवाद गर्ने लगायतका महत्वपूर्ण नितिगत निर्णय भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।