बुधबार, बैशाख १२, २०८१

पिडान गण्डकी प्रदेशको प्रारम्भिक साधारणसभा शनिवार हुँदै

 औषधी व्यवसायी जगतका सवै तह र तप्काका व्यवसायीलाइ स्वागत गर्न पाउँनु आफैमा गौरवको विषय भएको तदर्थ समितिका अध्यक्ष मल्लको जिकिर

काठमाडौं साउन २४ , मुलुकको पछिल्लो परिवर्तित प्रादेशि शासकीय संरचना अनुरुप थोक औषधी व्यवसायीहरुको व्यवसायिक सुरक्षा, व्यवसायीक हकहित एवम पुजी सुरक्षाको प्रत्याभुतिको लागी अस्तित्वमा आएको व्यवसायीहरुको साझा सङ्गठन नेपाल  औषधी थोक व्यवसायी संघ गण्डकी प्रदेशको प्रारम्भिक साधारण सभा आगामी शनिवार पर्यटकी नगरी पोखरामा एक विशेष कार्यक्रमकावीच सम्पन्न हुने भएको छ ।

प्राप्त जानकारी अनुसार औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको प्रमुख आत्थ्यितामा सम्पन्न हुने प्रस्तुत साधारणसभामा संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटा सहित देशैभरका औषधी व्यवसायसंग सम्बन्धीत जिम्मेवार पदाधिकारी एवम् संघसस्थाका प्रतिनिधी, सञ्चारकर्मीको उपस्थिती रहने तर्दथ समितिका अध्यक्ष रुद्र मल्लले जानकारी दिनु भएको छ ।

पछिल्लो समय औषधी व्यवसायको जगतमा सिर्जना हुँदै आएको यावत समस्या त्यस्तै चुलिदै आएको विकृति लगायत   सवैखालका समस्याको समाधानको लागि विचार मन्थन समेत गर्ने तयारी रहेको उक्त साधारण सभाले भविष्यका लागि नयाँ मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै प्रादेशि संरचनाको नयाँ समिति समेत निर्वाचित गरिने संघको यस साधारणसभाले हरेक विरामीले गुणस्तरीय औषधि सर्वसुलभ मुल्यमा पाउँनु पर्ने नागरिकको नैसर्गिक अधिकारको पक्षमा समेत आवाज बुलन्द गर्ने बताईएको छ ।

यसैवीच सघको प्रदेश न.४ अर्थात गण्डकी प्रदेश तर्दथ समितिमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएका स्थानीय समाजसेवी समेत रहेका रुद्र मल्लले शनिवार सम्पन्न हँने साधारणसभामा औषधी व्यवसायी जगतका सवै तह र तप्काका व्यवसायीलाइ स्वागत गर्न पाउँनु आफैमा गौरवको विषय भएको बताउँदै स्वागतको लागि सिङगो गण्डकी प्रदेश प्रार्थनीय रहेको जनाउ दिनु भएको छ।

साथमा यो पनि 

Publish on: Aug 9, 2018 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।