शुक्रबार, बैशाख १४, २०८१

पार्टी अध्यक्ष थापा सहित १० सिटका लागि राप्रपाले छान्यो सभासद्

काठमाडौँ पौष १२ राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधानसभा समानुपातिकतर्फ प्राप्त १० सिटका लागि अन्तिम नामावली छनौट गरेको छ ।  imageछनौट गरिएका नामावलीमा पार्टी अध्यक्ष सूर्यबहादुर थापा सहित ३ जना केन्द्रीय सदस्यहरु क्रमस जयन्त चन्द, सरोजा शर्मा र इस्तियाक अहमद खान रहेका छन् । त्यसैगरि सिन्धुपाल्चोक अध्यक्ष रमेश लामा, धादिङ अध्यक्ष परशुराम तामाङ, अनन्ती पन्त कन्चनपुर, गिता सिंह बाँके, लक्ष्मी थापा पासवान धनुषा र राज्यलक्ष्मी श्रेष्ठ नुवाकोटकनट अन्तिम सूचीमा समावेस गरेका छन् ।