बिहिबार, बैशाख १३, २०८१

पाटनमा नयाँ कुमारीको प्रतिस्थापन

ललितपुर फागुन ६,  पाटनमा नयाँ कुमारी पाँच वर्षीया निहिरा बज्राचार्यको प्रतिस्थापन पूजा गरिएको छ । प्रतिस्थापन पूजा गरेपछिमात्रै नयाँ कुमारीलाई देवी मानिने परम्परा अनुरुप नयाँ कुमारीलाइ विधिवत रुपमा रत्नाकर महाविहारमा प्रतिस्थापन गरिएको हो ।

त्यसअघि नवकुमारीलाई पट्कोबाट बाजागाजाका साथ रत्नाकर महाविहारको मूलगेटमा पूजाआजा गरी बिहारमा भित्र्याइएको थियो ।

पाँच वर्षीया नवकुमारी निहिरा बज्राचार्य शनिवारदेखिनै कुमारी घरमा बस्न थाल्नुभएको नवकुमारीलाई पट्कोबाट बाजागाजाका साथ रत्नाकर महाविहारको मूलगेटमा पूजाआजा गरी बिहारमा भित्र्याइएको थियो ।