शुक्रबार, बैशाख ७, २०८१

पाकेटमारका नाइकेसहित सात पक्राउ, यस्तो छ पाकेटमारको साङ्केतिक भाषा

 काठमाडौं पुस ३,  पुस महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र प्रभाग गोङ्गबुबाट सादा पोशाकमा खटिएको प्रहरीले साङ्केतिक भाषाको प्रयोग गर्दै सर्वाजनिक सवारी साधनका यात्रुको पाकेटमार गर्दै दिनानुदिन सर्वसाधारणलाइ हैरानीगर्दै आइरहेका पाकेटमार समूहका ‘नाइके मास्टर’ भनिने पूर्णबहादुरसहित ७ जनालाई सोमवार पक्राउ गरेका छन ।

प्रहरीका अनुसार बसुन्धराबाट पक्राउ गरिएको यो समूहले चक्रपथ रुटमा चल्ने विभिन्न सवारी सधानमा यात्रा गर्ने यात्रुको पाकेट मार्दै हेरानी गर्दै आएको जनाएको छ । त्यस्तै पक्राउ परेका अभियुक्तको कोठा खानतलासी गर्दा लाखौ रुपैया स्वदेशी तथा विदेशी मुद्रा गाजा र विभिन्न कम्पनीका ३० थान मोबाइल सेट समेत बरामद गरेको गरेको जनाएको छ ।

पाकेटमार समुहबीच कुरा हुदाँ यस्ता शब्द प्रयोग हुन्छन, सुन्नुभयो भने होशियार हुनुहोस । पाकेटमारहरु तपाईकै वरपर मौजुद छन ।
कोर्ड भाषा अर्थ भाषा
टिनुवा – पाकेटमार
खडी – लुटपाट
घोप्टे – खुकुरी
चिसो – छुरी – चक्कू
धुब्रदाई – पैसावाला मानिस
कान – मोवाईल
दस्ती तोड – रुपैया निकाल
दह – रुपैया निकाल
थान – रु १००० को नोट
गज – रु १०० को नोट
सेतो आधा – रु ५००को नोट
टिप्ली मास्टर – पाकेटमारको मेन मानिस
ढेक – पाकेटमार्दा छेकछाक गर्ने मानिस
ठुला – सादा पोशाकको प्रहरी
लाटा – युनिर्फमको प्रहरी
मानबेचे – प्रहरी भ्यान
डे – केरकारको प्रहरी
टिप – मुद्रा पैसा खसाली टिप्न भनि अरुको खल्तीबाट निकाल्ने
निलचरी – आर्मी / सशस्त्र प्रहरी /पुलिस
बिरालो – सेतो भ्यान

(स्रोत महानगरिय अपराध महाशाखाकाे Webside  )

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु