शुक्रबार, बैशाख ७, २०८१

पश्चिम बंगालका पत्रकारहरुले होटलको टेबुलबाट धमाधम चाँदीका चम्चाकाँटा आफ्नो ब्यागमा हालेपछि..

मुख्यमन्त्री ममता ती पत्रकारप्रति रुष्ट

समाचार एजेन्सी पौष २७, भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीसँग लन्डन पुगेका पत्रकारहरु होटलको टेबुलबाट काँटाचम्चा चोर्दै गरेको अवस्थामा रंगेहात फेला परेका छन् ।  आफ्नो राज्यमा लगानी जुटाउने उद्देश्यले युरोप भ्रमणमा गएकी मुख्यमन्त्री ममताले केही पत्रकारलाई पनि साथमा लगेकी थिइन् । ममतालाई लन्डनमा विशेष रात्रिभोजका लागि एक होटलमा बोलाइएको थियो । रात्रिभोजमा उच्च पदस्थ कर्मचारी, उद्योगपतिहरु र भारत तथा बेलायतका केही प्रख्यात हस्तीसमेत थिए ।

रात्रिभोजका दृष्य उच्चस्तरका सिसिटिभी क्यामेराले कैद गरिरहेको थियो । तर केही भारतीय पत्रकारले धमाधम टेबलबाट चाँदीका चम्चाकाँटा आफ्नो ब्यागमा हालिरहेका थिए ।  होटल प्रशासनले सिसिटिभी क्यामेराबाट सो दृष्य हेरिरहेको भए पनि तत्काल कुनै प्रतिक्रिया जनाएको थिएन । तर रात्रिभोज सकिनै लाग्दा भने होटलका केही कर्मचारी आएर ती पत्रकारलाई उनीहरुको कर्तुत आफूहरुलाई जानकारी भएको बताएका थिए । केही पत्रकारले काँटाचम्चा फिर्ता गरे पनि एकजनाले भने आफूले नचोरेको दावी गर्दै आएका थिए ।

होटलका कर्मचारीले ती पत्रकारलाई प्रहरीमार्फत आवश्यक कारवाही हुने धम्की दिएपछि भने उनले गल्ती स्वीकार गरेको बताइएको छ । उनलाई ५० डलर जरिवानासमेत तिराइएको थियो ।  घटनाबारे जानकारी पाएपछि मुख्यमन्त्री ममता ती पत्रकारप्रति रुष्ट भएको बताइएको छ । भारतीय संचारमाध्यमले उक्त घटनाबारे समाचार प्रकाशमा ल्याए पनि होटलको काँटाचम्चा चोरीमा संलग्न पत्रकारको पहिचान खुलाएका छैनन् । यद्यपि ती पत्रकार पश्चिम बंगालमा अग्रज मानिने र ममता बनर्जीसँग वर्षौंदेखि निकट रहँदै आएका बताइएको छ । imagekhabar.comबाट

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु