बिहिबार, बैशाख ६, २०८१

पश्चिमी वायुको प्रभावले शुक्रबार पनि देशभर बदलीसंगै बर्षाको संभावना :पूर्वानुमान महाशाखा

काठमाडौ माघ २४, मौसम पूर्वानुमान महाशाखाले आज पश्चिमी वायुको प्रभावले देशैभर बदली र वर्षा हुनुको अलावा उपत्यकामा बिहानैदेखि बदली र निरन्तर वर्षा भएकाले आज बढी चिसो महसुस भएकोे जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा १०.६ मिलिमिटर वर्षा भएको जनाएको छ ।  त्यस्तै महाशाखाले आज साँझ जारी गरेको ३ दिने मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति मा आगामी शनिबारसम्म बदली र वर्षा हुने जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यको धेरै स्थानमा हल्का र केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याइएको छ ।

महाशाखाको विज्ञप्तिमा उल्लेख भएअनुसार माघ २४ गते (बिहिबार)  राति   देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाउँदै देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ जनाएको छ । त्यस्तै माघ २५ गते (शुक्रबार) दिउँसो   देशभर सामान्य देखि पूर्ण बदली हुनुको अलावा देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १/२ स्थानमा भारी वर्षाको समेत सम्भावनासंगै उच्च पहाडी तथा हिमाली भेगको १/२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको र राति स् देशभर सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको जिकिर गरिएको छ ।

त्यस्तैगरि माघ २६ गते (शनिवार) दिउँसो  देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य बदलि रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ। देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको   जनाउँदै राति   देशको मध्य र पूर्वी भेगमा आंशिक देखि सामान्य बदलि रहनेछ भने पश्चिमि भेगमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ।देश��ो मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031