शनिबार, बैशाख ८, २०८१

पश्चिमी वायुको प्रभावका कारण काठमाडौंको न्यूनतम तापक्रम निरन्तर घट्दै

काठमाडौ मंसिर २०, पश्चिमी वायुको प्रभावका कारण केही काठमाडौं लगायत आसपासका क्षेत्रमा दिनदेखि निरन्तर तापक्रम घट्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावकै कारण बदली हुनुको अलावा काठमाडौको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री पुगेको जनाएको छ ।

त्यस्तै महाशाखाद्दारा जारी विज्ञप्तिमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र मध्य पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना समेत औँल्याएको छ ।

रातको समयमा पनि पश्चिमी पहाडी भेगमा सामान्य बदली र मध्य तथा पूर्वका भू–भागमा आंशिक बदली रहने र पश्चिमका उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।