बुधबार, बैशाख १२, २०८१

पशुपतिनाथ मन्दिरमा यस्तो थियो ब्रतालु भक्तजनको भीड

 काठमाडौ साउन १४,  आज साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्री एवम् साउने सोमवारको ब्रतालु भक्तजनको भीड लागेको छ । 

धार्मिक दृष्टिले साउन आफैमा पवित्र महिना मानिन्छ। त्यसमा पनि साउनको सोमबारको छुट्टै महत्व छ। सदियौ देखिनै नेपाली महिलाहरुले साउन महिनाको सोमबारलाई विषेश रुपमा ग्रहण गर्दै हरियो साडी चुरा र मेहेन्दी लगाएर साउने सोमबार मनाउने प्रचलन आफैमा मनमोहक रहेको छ ।

पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै सुन्दरीजललगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने बोल बम यात्रीलाई छुट्टै लामको व्यवस्था गरिएको छ । साउनको सोमबार भगवान् शिवलाई जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । फोटो: कविता घिमिरे

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।