बिहिबार, चैत्र १५, २०८०

पर्वत बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

काठमाडौं माघ ३, म्याग्दी बाट नारायणगढको लागि गुडेको ग१ख ६१०८ नंको बस दुर्घटनामा परि मृत्यु भएका ७ जनाको सनाखत भएको छ । पर्वतको कुस्मा नगरपालिका– १ मालढुङ्गामा आज बिहान उक्त बस बस सडकबाट झन्डै २०० मिटर तल कालीगन्डकी नदीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतलाइ उदृत गर्दै प्राप्त समाचारमा  मृत्यु हुनेमा म्याग्दी पाखापानी– राजेश पुन, पर्वत –७ का अमिसरा पुन र २२ वर्षीय जीवन विक, सोहि गाउँपालिका–८ का ४० वर्षीया सेती परियार र उनका श्रीमान् टिके परियार, चितवन भरतपुर महानगरपालिका–८ का सुब्बे परियार तथा बाग्लुङ नगरपालिका–४का शान्ती केसी रहेको उल्लेख गरिएको छ ।

त्यस्तै दुर्घटनामा गम्भीर घाइते ९ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मध्ये ७ जनाको छाउनी अस्पताल र दुई जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको थाहा भएको छ । त्यस्तै  बाँकी  घाइते यात्रुको    पोखरा धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174