बुधबार, बैशाख ५, २०८१

पर्वतलाई आर्थिक पत्रकारिता पुरस्कार

मेचीनगर माघ १२ ,   मेची उद्योग वाणिज्य सङ्घद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका उपसम्पादक पर्वत पोर्तेललाई प्रदान गरिने भएको छ ।  आर्थिक क्षेत्रमा कलम चलाउने झापा जिल्लाका एक जना सक्रिय पत्रकारलाई सङ्घले हरेक वर्ष १५ हजार रुपैयाँ नगदराशीको सो पुरस्कार प्रदान गदै आएको छ ।

०७१ सालमा स्थापना गरिएको उक्त पुरस्कार यस अघि पहिलोपल्ट ‘द हिमालयन’ अङ्ग्रेजी दैनिकमा कार्यरत भद्रपुरका पत्रकार गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिएको थियो ।

शुक्रवार सङ्घका अध्यक्ष एवम् पुरस्कार छनौट समितिका संयोजक पङ्कज विक्रम नेम्वाङको अध्यक्षतामा बसेको पुरस्कार छनौट समितिको बैठकले पोर्तेललाई पुरस्कार प्रदान गर्ने सर्वसम्मत निर्णय गरेको हो । पत्रकार पोर्तेलले काँकरभिट्टामा रहेर आर्थिक लगायतका क्षेत्रमा सक्रिय पत्रकारिता गर्नेक्रममा विगत एक दशकदेखि कान्तिपुरमा आवद्ध उनले लोकतन्त्र पोस्ट, जनसंसद्, विवेचना, पूर्वाञ्चल, ब्लास्ट, दर्शन लगायतको दैनिक पत्रिकामा समेत काम गरिसकेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु