बुधबार, बैशाख ५, २०८१

  पर्यटन क्षेत्रको विकासका लागि सञ्चारको भूमिका महत्वपूर्ण

भक्तपुर असार ३२ , बिज्ञहरुले पर्यटन क्षेत्रको विकासका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले नगरकोटमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा नेपाल पकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलीप थापा मगरले संचार र पर्यटन क्षेत्रको सम्बन्ध माछा र पानीको जस्तो रहेको बताउनुभयो ।उहाँले पर्यटकीय नगरी भक्तपुर लगायत देशैभर नविन पर्यटकीय संभावनाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले नेपाल प्राकृतिक सम्पदाले भरिपुर्ण रहेको बताउँदै पटक पटक भ्रमण गर्दा पनि बिदेशी पर्यटकको मन नभरिने गरेको उल्लेख गर्नुभयो ।उहाँले भक्तपुरको कुल आयमा यस क्षेत्रको आयको महत्वपुर्ण भुमिका रहेको औंल्याउनुभयो ।
पर्यटन मन्त्रालयका सहसचिब सुरेश आचार्यले पत्रकारले यस क्षेत्रको विकासका लागि संवेदनशील भएर तथ्यपरक समचार लेख्नुपर्ने बताउनुभयो ।उहाँले सन् २०२० लाई भिजिट नेपाल अभियान चलाउने सरकारले तैयारी गरेको बताउँदै अब हरेक प्रदेशमा कम्तिमा दश वटा नयाँ पर्यटकीय गन्तब्यको पहिचान गरिने जानकारी दिनुभयो ।  प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले पर्यटन क्षेत्रमा भएका लगानीलाई सुरक्षित गर्दै नयाँ लगानीकर्तालाई आकर्षित गर्दै रोजगरीका अवसर बढाउनुपर्ने बताउनुभयो ।उहाँले नयाँ पर्यटकीय स्थलको पहिचान र सृजनात्मक बहसमा संचार माध्यमको महत्वपुर्ण भुमिका रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले नगरकोटमा हाल बार्षिक ३ लाख पर्यटक आउने गरेको बताउँदै अबको ४ बर्षमा सो संख्या बार्षिक ६ लाख पुर्याउने लक्ष्य अनुसार नगरपालिकाले काम गरिरहेको बताउनुभयो । कार्यक्रमका सहजकर्ता पत्रकार जुनारबाबु बस्नेतले भक्तपुर पर्यटकको उर्वर क्षेत्र रहेको बताउँदै यसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटकलाई आकर्षित गरिरहेको बताउनुभयो ।कार्यक्रममा सुर्यबिनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले पर्यटकीय क्षेत्रको विकासमा नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष नविन गुरुङले सरकारले नगरकोटलाई ब्यस्थित गर्दै पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुर नघुम्दा आधा बिश्वको भ्रमण छुटेजस्तो हुने अन्तरराष्ट्रिय पर्यटकको भनाईले भक्तपुरको पर्यटकको महत्वलाई उजागर गरेको उल्लेख गर्नुभयो ।पत्रकार महासंका जिल्ला सचिब कृष्ण नेपाल,कार्यक्रम संयोजक जयराम बास्तोला,पत्रकार हरिसुन्दर छुकाँ लगायतले सबै नगरपालिकाले गुरुयोजना नै बनाएर पर्यटकीय क्षेत्रको बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।

मध्यपुर थिमि नगरपालिका,सुर्यबिनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको सहयोगमा संचालन भएको कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमख एसपी हिमालय कुमार श्रेष्ठ ,पत्रकार महासंघका उपत्यका प्रदेश सचिब अमर भुजु,चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुईंटेल,प्रेस चौतारीका केन्द्रीय सदस्य सोम शर्मा बजगाईं लगायत महासंघका केन्द्रीय पार्षद,प्रदेश पार्षद,कार्यसमिति लगायत बिभिन्न संचारगृहमा कार्यरत पत्रकार,सरकारी कर्मचारी,जनप्रतिनिधी लगायत ६५ जनाको सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु