बिहिबार, बैशाख १३, २०८१

पत्रकार विश्वकर्मा पक्राउ प्रकरणको अध्ययन गर्न मिसन टोली

काठमाडौ चैत १३,  नेपाल पत्रकार महासङ्घले कालीकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णालीका संवाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि मिसन टोली पठाएको छ ।

महासङ्घका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा विश्वकर्मालाई रेडियोको स्टेशनबाटै पक्राउ गरिएको सम्बन्धमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाइएको उल्लेख गरिएको छ ।

त्यस्तै मिसन टोलीलाइ पत्रकार विश्वकर्मा पक्राउका सम्बन्धमा स्थलगत अध्ययन गरी प्रहरी, स्थानीय प्रशासनलगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गरी रिहाइको पहल गर्नुका साथै घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन गर्न कार्यादेश दिईएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।