शनिबार, बैशाख ८, २०८१

  पत्रकार महासंघ -भारत शाखाको अध्यक्षमा पुन शाह

चैत २४, देबेन्द्र केसी /  नयाँ दिल्ली,   नेपाल पत्रकार महासंघ भारत शाखाको दोस्रो अधिवेशनले लोकेश शाह आर्यनलाइ आगामी ३ वर्षको लागि पुन अध्यक्ष निर्विरोध निर्वाचित गर्दै सम्पन्न भएको छ ।

अधिवेशनको उदरघाटनसत्रमा नेपाल पत्रकार महासंघ केन्द्रीय  समितिका अध्यक्ष गोबिन्द आचार्यले भारतबाट सुरु भएको नेपाली पत्रकारिता ले आज भारतमै नेपाली पत्रकारहरुको सञ्जाल खोल्ने र ऐक्यबद्घ हुने गौरव हासिल गरेको बताउँदै महासंघको भावी योजना प्रस्तुत गर्नु भएको थियो ।  त्यस्तै उद्घाटन सत्रमा नेपाली दुताबासका सांस्कृतिक काउन्सलर होमप्रसाद लुँईटेलले राजदुत निलाम्बर आचार्यद्वारा प्रेषित शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो ।

लोकेश शाह आर्यनको अध्यक्षता निर्विरोध निर्वाचित कार्यसमितिको उपाध्यक्ष ,महासचिव सचिव, समानुपातिक सचिव र कोषाध्यक्षमा क्रमस देबेन्द्र कुँवर, अर्जुन खनाल देबेन्द्र केसी, धनबिर पुन र धन बहादुर बिक रहेका छन । त्यस्तै कार्यसमिति सदस्यमा क्रमस बाबु रोका मगरु, ईन्द्रकमल जैरु, भेषराज पौडेल, खुम बहादुर गुरुङ्ग र केशवराज पोख्रेल चुनिएका छन । त्यस्तै निर्वाचित कार्यसमितिको बैठकबाट प्रबक्ता र प्रान्तीय संयोजकको चयन गरिने महासंघ भारत शाखा द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।