बिहिबार, बैशाख १३, २०८१

पत्रकार महासंघको वर्तमान नेतृत्वको रवैया विरुद्ध युनियन आन्दोलित

 काठमाडौं माघ १७, नेपाल पत्रकार महासंघले सदस्यता विषयमा देखिएको विवाद, अनियमितता र कीर्ते कामलाई नसच्याई १८ माघमा केन्द्रीय समितिको बैठक बोलाएको भन्दै नेपाल प्रेस युनियनले गम्भीर आपत्ति जनाएको छ । त्यस्तै महासंघको पछिल्लो प्रतिबद्धता र महासंघका पदाधिकारीलगायत विभिन्न fng logo 1Press-union-ko-logoसंस्थाका अध्यक्षहरूसँग पटक–पटक भएको सहमति कार्यान्वयन नगरी केन्द्रीय समिति बैठक बोलाएको भन्दै सो निर्णय फिर्ता लिन पनि माग गरेको छ । युनियनका अध्यक्ष किरण पोखरेलद्वारा जारी विज्ञप्तिमा १३ असोजमा बसेको महासंघ केन्द्रीय समिति बैठकले जिल्लाबाट सदस्यताका लागि सर्वसम्मत सिफारिस भएका नाम सर्वसम्मत स्वीकृत गर्ने, जिल्ला वा शाखाले सदस्यता नदिएको भनी उजुरीका रूपमा केन्द्रमा आएका व्यक्तिलाई सदस्यता दिनु नपर्ने कारण के हो भनेर शाखालाई पत्र पठाउने तथा बाँकी विवाद भएका शाखाको हकमा विवाद समाधान गर्ने निर्णय भएकामा त्यसविपरीत कार्य गरेको जनाइएको छ ।
महासंघ अध्यक्षले विधानबाहिर गएर कुनै निर्णय नगर्ने प्रतिबद्धता जनाए पनि ठूलो संख्यामा गैरपत्रकारहरूलाई सदस्यता दिएर महासंघको गरिमा समाप्त पार्ने षड्यन्त्र जारी रहेको दाबी गरेको छ । सुर्खेत, बारा, सिरहा, संखुवासभा, बैतडीलगायतका जिल्लामा विधान र केन्द्रीय समितिको निर्णयविपरीत स्वीकृत सदस्यता अविलम्ब फिर्ता गर्न युनियनले माग गरेको छ ।

प्रेस यूनियनको बैठक गैडाकोटबाट काठमाडौंमा

यसैवीचनेपाल प्रेस यूनियनको नवलपरासीको गैंडाकोटमा माघ १८ र १९ गतेका लागि तय भएको वैठक काठमाडौं सारिएको छ। देशभर रहेका केन्द्रिय समितिका पदाधिकारी र सदस्यहरु गैंडाकोट जम्मा भइरहँदा यूनियनको वैठक काठमाडौं सारिएको हो।यूनियनको केन्द्रिय समितिको वैठक काठमाडौं सारिएको पुष्टी गर्दै नेपाल प्रेस यूनियनका अध्यक्ष किरण पोखरेलले महासंघमा सदस्यता वितरणमा भएको अनियमितताको गम्भिर्यतालाई ध्यान दिदै महासंघको सदस्यता वितरणमा भएको अनियमितता रोक्नका लागि आन्दोलन समेत गर्नुपर्ने परिस्थिति उत्पन्न भएका कारण वैठक काठमाडौंमा सारिएको यूनियनले जनाएको छ।

यूनियनले काठमाडौंमा शनिवारदेखिनै आफ्नो वैठक राख्ने जनाएको छ। साथै नेपाल पत्रकार महासंघमा भएको सदस्यता वितरणमा भएको विवाद नसुल्झाएसम्म वैठकमा भाग लिनुको कुनै औचित्य नहुने भन्दै वैठकको विरोधमा सचिव जगत नेपाल सहित केन्द्रिय सदस्यहरु प्रकाश थापा, दिलिप थापामगर, राजेश मिश्र, प्रकाशचन्द्र परियार अगाडी आएका छन् भने नेपाल पत्रकार महासंघका पूर्व सभापतिहरुले पनि महासंघको इतिहासमै पहिलोपटक महासंघमा यस किसिमको गम्भिर विवाद आएको भन्दै त्यसमा आफूहरुको पनि गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।