शुक्रबार, चैत्र १६, २०८०

 पत्रकार पौडेललाइ दिईएको धम्कीको युनियनद्दारा भत्र्सना 

काठमाडौ मंसिर १३,   नेपाल प्रेस युनियनले युनियनका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका कार्यसमिति सदस्य कमल पौडेलमाथि भएको दुव्र्यहारको   भत्र्सना गरेको छ ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीले आज जारी गर्नुभएको विज्ञप्तिमा ‘लाखौँ रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर ब्याजमा सर्वसाधारण ठगी’ शीर्षकको समाचार प्रकाशित गरेको भन्दै ती महिलाले ९८५६०४०२३८ को मोबाइलबाट ज्यान मार्ने धम्की दिएको पत्रकार पौडेललाइ उदृत  उल्लृख गरिएको  छ ।

त्यस्तै विज्ञप्त्मिा  प्रस्तुत घटनाप्रति  नेपाल प्रेस युनियनले  आफ्नो   गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै     प्रकाशित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझे अदालतमा जानसक्ने अवस्थामा पत्रकार पौडेललाई गरिएको दुव्र्यवहार निन्दनीय रहेको   जनाएको छ । साथै  पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गरी निर्वाध समाचार सङ्कलन र सम्प्रेषणको वातावरण बनाउन पनि स्थानीय प्रशासनसँग युनियनले माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।