शुक्रबार, चैत्र १६, २०८०

पत्रकार तिवारीलाइ ज्यानमार्ने धम्की दिने भण्डारीमाथि तत्काल कानुनी कारबाही गर्न माग

काठमाडौं चैत्र २ , नेपाल प्रेस युनियनले नागरिक दैनिकमा प्रकाशित समाचार प्रकाशनको विषयलाई लिएर निर्माण व्यवसायी राजेन्द्र भण्डारीले युनियन पर्वतका अध्यक्ष तथा नागरिक दैनिकका स्थानिय संवाददाता छविलाल तिवारीलाई फोन गरी ज्यानै लिनेसम्मको भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार तिवारीले २०७४ फागुन २० गते नागरिक दैनिकमा लेखेको  ‘निर्माणाधीन पक्की पुल अलपत्र’ शीर्षक समाचारको विषयलाई लिएर निर्माण व्यवसायी भण्डारीले बिहिवार ९८५१०१०४३३ नम्बरबाट फोन गरि अध्यक्ष तिवारीलाई मारेर फालिदिने भनी धम्क्याएको पत्रकार तिवारीलाइ उदृत गर्दै युनियन महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो रहे अपनाउन सकिने कानुनी तथा अन्य वैधानिक उपचारका बाटोलाई छाडेर पत्रकारको ज्यान मार्ने धम्की दिने घटना गुण्डाराजको नमुना भएको जिकि गर्दै युनियनले पत्रकारलाई दवावमा राख्न दिइने यस्ता धम्कीको घोर भत्सना गरेको छ । त्यस्तै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतमाथिको हस्तक्षेपको आशयले गरिएका यस्ता हर्कतको कडा शब्दमा निन्दा गर्दै धम्की दिने भण्डारीमाथि तत्काल कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र सुरक्षित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न युनियनले सम्बन्धित निकायसँग माग गरेको छ ।

 यसैवीच पत्रकार महासंघले पनि पर्वतका अध्यक्ष तथा नागरिक सम्वाददता छविलाल तिवारीलाई प्रकाशित समाचारको विषयलाई लिएर दिईएको भौतिक कारबाहीको धम्की प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै  कानुनी उपचारका बाटोलाई छाडेर पत्रकारलाई ज्यान मार्ने धम्की दिनु भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतमाथिको हस्तक्षेप भएको जिकिर सहित महासंघका महासचिव रमेश विष्टले आज जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताविरोधी यस किसिमका घटनाको घोर भत्र्सना गरेको छ । त्यस्तै विज्ञप्तिमा धम्की दिने भण्डारीमाथि तत्काल कानुनी कारबाही गरी पत्रकारलाई निर्वाध र सुरक्षित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174