शनिबार, बैशाख ८, २०८१

पत्रकार डुम्रेको विनाशर्त रिहाइको माग

 काठमाडौ मंसिर २८,  नेपाल पत्रकार महासंघले गत मंसिर ५ गते रुपन्देहीस्थित गर्जन पोष्ट साप्ताहिकको कार्यालयबाट पक्राउ परेका रुपन्देही कार्यसमिति सदस्य प्रकाश डुम्रेलाई विनाशर्त रिहा गर्न सरकारसंँग माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आज एक प्रेस विज्ञप्ति जारी गर्दै डुम्रेमाथि लगाइएका झुटा मुद्दा खारेज गरी अविलम्ब रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गर्नुभएको हो ।

त्यस्तै विज्ञप्तिमा डुम्रेलाई रिहा गर्न महासंघले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेको रिटकाको सुनवाइ गर्दै प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले ३ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरे पनि ‘सरकारले अदालतको अवहेलना गर्दै पत्रकार डुम्रेलाई थप झुट्टा मुद्दा लगाउनुले प्रेस स्वतन्त्रताको उल्लंघन भएको महासंघले ठहर गरेको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।