बिहिबार, बैशाख ६, २०८१

पत्रकार कुट्ने प्रहरीलाइ कारवाहीको माग

काठमाडौ माघ २३ नेपाल प्रेस युनियनका सदस्य तथा पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिकमा कार्यरत पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा मंगलवार प्रहरीले लाठी प्रहार गरि घाईते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको जनाएको छ।  युनियन महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी विज्ञप्तिमा पृथ्वीनारायण क्याम्पस पोखराका विद्यार्थी वोधराज ढकालको बसले ठक्करबाट भएको मृत्यु र त्यसको विरोधमा आक्रोशित विद्यार्थीहरुले मंगलवार गरेको प्रदर्शनको समाचार संकलनको क्रममा पत्रकार प्रकाश ढकाललाई परिचयपत्र देखाउँदा देखाउँदै एक्लो प्रहरीले मरनासन्न हुने गरि कुट्को जनाउँदै प्रहरीको यस्तो हर्कतको युनियन कडा शब्दमा निन्दा गरेको छ ।

 तयस्तै विज्ञप्तिमा आफ्नो कर्तव्य निर्वाहका क्रममा समाचार संकलनका लागि कार्यक्षेत्रमा रहेकाहरुलाई परिस्थिति हेरि वातावरण सहज बनाउनुपर्नेमा उल्टै एक्लो भएको मौका छोपी पत्रकार कुट्ने कार्यले प्रहरी प्रसासनको प्रेसमाथिको नियत उदाङगो भन्दै  पत्रकार ढकाल माथी आक्रमण गर्ने प्रहरीलाई कार्वाही गर्दै उनको उचित उपचारको व्यवस्था गर्न माग गरेको । साथै भविष्यमा समेत पत्रकारलाई निर्वाध ढङगले समाचार संकलन गर्ने वातावरण मिलाउदै यस्ता घटना नदोहोर्‍याउन नेपाल प्रहरी र सम्वन्धित सबैमा सचेत गराउँदै युनियनले प्रहरीको कुटपिटबाट घाईते बन्नुभएका पत्रकार ढकालको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।