बिहिबार, चैत्र १५, २०८०

पत्रकार अर्यालालाइ पितृ शोक, महासंघद्दारा शोक व्यक्त

काठमाडौ चैत १५  , नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपाका पूर्वअध्यक्ष राजेन्द्र अर्यालका बुबा चम्फाबहादुर अर्यालको निधनप्रति दुःख व्यक्त गरेको छ ।  महासंघका महासचिव रमेश विष्टले आज एक शोक विज्ञप्ति जारी गर्दै पत्रकार अर्याललाइ पितृशोक परेको खवरले नेपाल पत्रकार महासंघ दुःखी र स्तब्ध भएको उल्लेख गरिएको छ ।

त्यस्तै शोक विज्ञप्तिमा स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना सहित दुःखको यस घडीमा महासंघका सभासद् राजेन्द्र अर्याल एवम् शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

यसैवीच पत्रकार महासंघ उपत्यका प्रदेश समिति ,प्रेस चौतारी र नेपाल प्रेस संगठन नेपालले पनि पत्रकार अर्यालका पिताजी चम्फाबहादुर अर्यालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरको छ ।

छातीको समस्याबाट पीडित अर्यालको उपचारका क्रममा विहिवार नर्भिक अस्पतालमा ७२ वर्षको उमेरमा निधन भएको हो । उहाँका चार छोरा र एक छोरी रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।