बिहिबार, बैशाख १३, २०८१

पत्रकारहरुले साझा दयित्व र मुुल मर्मलाई बिर्सन हुन्न :महसचिव विष्ट

पोखरा मंसिर १३,  नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकारले आफ्नो साझा दयित्व र मुुल मर्मलाई बिर्सन नहुने वताएका छन । नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आयोजना गरेको निर्वाचनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा महासचिव विष्टले पत्रकार समाजको पनि पहरेदार र पर्यवेक्षक भएका कारण निर्वाचनको निष्पक्षताका लागि पनि मुल्याकंन गर्न आग्रह गरे । उनले महसंघले पेशागता मुल्य मान्यता सहितको परिणाम आउने गरि कार्य थाल्ने समेत बताए ।

महासचिव विष्टले पत्रकारहरु निर्वाचनको सत्य तथ्य समाचार संकलन गर्न र सूचना प्राप्त गर्न मतदान केन्द्र सम्म पुग्न सहज वातावरण हुनु पर्ने समेत बताउँदै ठूला, सक्षम र व्यवसायिक भनिएका मिडियामा कार्यरत श्रमजिवी पत्रकारले समेत उचित पारश्रमिक नपाएको तर्फ इगिंत गर्दै भने ‘महासंघले यसको लागि ठोस र परिणाममुखी कार्य गर्दैछौं । त्यस्तै महासचिव विष्टले महासंघमा शुद्धिकरण अभियानलाई तिव्रता दिदैं सम्पुर्ण पत्रकार क्षमता अभिवृद्धीका लागि प्रादेशिक स्तरमा प्रशिक्षण प्रतिष्ठानको गठनका लागि समेत महासंघले पहल थालेको जानकारी दिदै सदस्यता शुल्क बाट उठेको रकमले यो तिन वर्षमा पत्रकार कल्याणकारी कोषलाई ५ करोड सम्म पुर्याउने बताए ।

नेपाल पत्रकार महसंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पूर्व उपाध्यक्ष गंगाधर पराजुली, पूर्व अध्यक्ष पुण्य पौडेल र सहसचिव दिनानाथ बरालले पत्रकारहरुका विभिन्न सवालमा आफ्नो धारणा अभिव्यक्र गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।