शनिबार, बैशाख ८, २०८१

पत्रकारले सुनाए जोखिमपूर्ण अवस्थाको रिपोटिङ अनुभव

काठमाडौं चैत १५, नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रममध्य आजको दोस्रो कार्यक्रम अन्र्तगत जोखिमपूर्ण अवस्थाको रिपोटिङ अनुभव प्रस्तुतिकरणको आयोजना गरिएको छ ।  नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता जोखिमपूर्ण भएतापनि जनतालाई सूसुचित गर्न पत्रकारितमा निरन्तरता आवश्यक रहेको बताउदै जोखिमपूर्ण अवस्थाको अनुभव प्रस्तुत गर्ने प्रस्तुत कर्ताहरुलाई धन्यबाद व्यक्त गर्नुभयो ।

महासंघका उपाध्यक्ष विपुल पोख्रेलले सहभागिलाई स्वागत गर्दै पत्रकारितामा अवसर र चुनौती दुबै रहेको बताउनुभयो ।  नेपाल पत्रकार महासंघका पूर्व सभापति किशोर नेपालले पत्रकारिता क्षेत्रमा रहदा आफुले पनि विभिन्न समस्या झेल्नुपरेको भन्दै समस्याहरुबाट भाग्न नहुने बताउनुभयो ।

फोटो पत्रकार चन्द्रशेखर कार्कीले जोखिमपूर्ण अवस्थाको रिपोटिङका अनुभवहरु साट्दै फोटो पत्रकारिता पत्रकारिता क्षेत्रकै महत्वपूर्ण विधा रहेको भन्दै आफ्नो कमजोरीले आफुलाई सुधार्दै लैजाने बताउनुभयो ।  पत्रकार दिपा दाहालले रिपोटिङ्का क्रममा आफूले भोगेका तिता मिठा अनुभवहरु साट्दै पत्रकारितामा अवसर र चुनौति दुबै रहेको बताए ।  त्यस्तै प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहिक पत्रकार रोजिता बुद्धाचार्यले सगरमाथा आरोहण मात्रै नगरेको भन्दै त्यसक्रममा आफूहरुले देखेको स्थलगत रिपोर्ट तयार गरि सरकारलाई बुझाएको बताउनुभयो ।

त्यस्तै पत्रकार होम कार्कीले खाडी मुलुकमा प्रेस स्वतन्त्रता नभएको भन्दै त्यहाँबाट पत्रकाारित गर्नु वास्तवमै चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले पत्रकारिताको माध्यमबाट बैदेशिक रोजगारमा रहेका नेपालीहरुको यर्थाथता उजागर गरेको बताउनुभयो ।  कार्यक्रममा पत्रकार रेवति सापकोटाले द्वन्द्वकालमा आफूले राज्यका तर्फबाट भोग्नुपरेको पिडा र आफुले गरेको पत्रकारिता बारेको अनुभव प्रस्तुत गर्नुभएको थियो भने पत्रकार ऋषिराम पौडेलले भूकम्पको बेलामा गरेको जोखिमपूर्ण पत्रकारिताका बारेमा आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।