शुक्रबार, बैशाख ७, २०८१

पत्रकारले पनि सामाजिक सञ्जाल प्रयोग निर्वाचन आचारसंहिताभित्रै रहेर गर्नुपर्नेमा जोड

 काठमाडौ मंसिर १४ , आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका समयमा सामाजिक सञ्जाल प्रयोग निर्वाचन आचारसंहिताभित्रै रहेर गर्नुपर्नेमा सहभागीले जोड दिनुभएको छ ।   नेपाल पत्रकार महासंघले आज आयोजना गरेको निर्वाचन र सामाजिक सञ्जाल विषयक छलफल कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सञ्चार माध्यमको सहयोगमा स्थानीय तहको निर्वाचन सम्पन्न भएकाले आसन्न निर्वाचनमा पनि सहयोग गर्नुपर्ने बताउँदै निर्वाचनका समयमा पर्याप्तमात्रामा सामाजिक सञ्जाल प्रयोग भइरहेको भन्दै पत्रकारले निर्वाचन आचारसंहिताभित्र रहेका सामाजिक सञ्जाल प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको  छ ।

त्यस्तै मतदाता शिक्षालगायत धेरै कुरामा आयोगले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर निर्वाचनबारे जानकारी दिइरहेको जनाउ सहित प्रवक्ता ढकालले निर्वाचन आचासंहिताको मर्मलाइ ध्यान दिदै समाजीक सञ्जालको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रसका नेता तथा पूर्व संसद रामहरि खतिवडाले आग्रह र पूर्वाग्रह नराखी सामाजिक सञ्जालको प्रयोग गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले समाजमा वर्षेनी दश प्रतिशतले सामाजिक सञ्जाल प्रयोगका क्रममा अपराध बढिरहेको जानकारी दिँदै घटनामा कमी ल्याउन जनचेतना जगाउन र प्रविधिको सही सदुपयोग गर्न जरुरी रहेका बताउँनु भएको छ ।
त्यस्तैगरि महासंघका सल्लाहकार तीर्थ कोइलालाले पत्रकारहरु निस्कृय रहेकाले सामाजिक सञ्जालको लोकप्रियता बढिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल समाचारको स्रोत समेत बन्ने गरेको भन्दै समाजिक सञ्जालको सही सदुपयोग गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ भने महासंघका महासचिव रमेश विष्टले सामाजिक सञ्जाल प्रयोगका राम्रो–नराम्रो दुवै पक्ष छ भन्दै सामाजिक सञ्जालले नागरिकको व्यक्तिगत स्वतन्त्रताको प्रयोग गर्न सहज भएको धारणा व्यक्त गर्नुभयो । उहाँले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकार सहित सबैले विवेक प्रयोग गर्नुपर्नेमा जोड दिनु भएको छ।  कर्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासंघ दक्षिण एसियाका संयोजक उज्ज्वल आचार्य दी रिपब्लिक डेलीका सम्पादक सुवास घिमिरेले पत्रकारले समाजिक सञ्जाल कसरी प्रयोग गर्ने भनेर आचारसंहिता बनाउन आवश्यक रहेको बताउनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।