बिहिबार, बैशाख १३, २०८१

पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु संवैधानिक स्वतन्त्रता माथिको हस्तक्षेप : महासंघ

काठमाडौ चैत ७ , नेपाल पत्रकार महासंघले कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले स्टुडियोमै प्रवेश गरीे पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।  महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप भएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा संविधानविपरीतको कार्य भएको बताउँदै पत्रकारको संवैधानिक स्वतन्त्रतामाथिको हस्तक्षेपको गर्दै गरिएको पक्राउको महासंघले भत्र्सना गर्दै पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

झुटा समाचार लेखेर अफवाह फैलाएको अभियोगमा खनाल  पक्राउ

यसैवीच महानगरीय प्रहरी परिसर काठमाडौले जनमानसमा आतंक सिर्जना गर्ने मनशाय सहित झुटो समाचार लेखेर अफवाह फैलाएको अभियोगमा आवाज डटकमका पत्रकार गौरव खनाललाई पक्राउ गरेको छ ।

परिसरको टोलीले केही दिन अगाडि अनलाइन मिडियामा काठमाडौँका १० स्थानमा बम विस्फोट शिर्षकको झुटा समाचार लेखेर अफवाह फैलाएको अभियोगमा खनाललाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको जनाउँदै निजविरुद्ध साइबर अपराधमा अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कारवाही शुरु गरिएको जनाएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।