बिहिबार, चैत्र १५, २०८०

न्युजुवालाइ मरणोपरान्त सामुदायिक सेवा मञ्चको स्वर्ण सम्मान

काठमाडौं फागुन ५ , काठमाडौं महानगरपालिका वडा न .१५  स्वयम्भू क्षेत्रस्थित सामुदायिक सेवा मञ्च, सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूले  स्व: श्री रत्ननारायण न्युजुवा सायमीप्रति श्रद्धासुमन अभिव्यक्त गर्दै मरणोपरान्त स्वयम्भू रत्न सामुदायिक सेवा स्वर्ण पदक प्रदान गरिएको छ ।   स्वास्थ्य सेवा सबै स्तरका ब्यक्तिको पहुँचमा पुग्नपर्छ भन्ने सोचका साथ निस्वार्थ भावले थालनी   गरेको सानो मेडिकललाई आजको सामुदायिक स्वास्थ्य सेवा परिषदको रुपमा पुर्‍याउन जिवन समर्पित गर्नुभएकोमा सम्मान स्वरुप उहाँलाइ  प्रस्तुत सम्मान प्रदान गरिएको हो ।

 त्यस्तै प्रहरी महानिरीक्षक प्रकाश अर्यालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा स्वयम्भू रत्न सामुदायिक सेवा स्वर्ण पदक २०७४ प्रदान गर्दै प्रमुख अतिथी महसनरीक्षक अर्यालले जिवन छदैं सम्मान गर्न पाएको भए सम्मानित व्यक्तित्वको कार्य क्षमतामा अझ निखारता आउँने बताउँदै प्रहरी प्रतिको बिस्वास गुमाउन नहुने जिकिर गर्दै काम र कर्तव्यको मामिलामा आफ्नो लक्षमण रेखा ननाघ्न निर्देशन दिनुभएको छ।
साथै त्यस अवसरमा १५ बडाका समाजसेवी,सामुदायिक मञ्चलाई सहयोग गर्ने ब्यक्ति तथा संस्था, बाढिपिडित कोषमा सहयोग गर्ने दाता समेतलाइ सम्मान गरिएको उक्त कार्यक्रममा समाजसेवी,राजनीतिज्ञ, नेपाली सेना ,नेपाल प्रहरीका बिशिष्ट ब्यक्तिको उपस्थिति रहेको थियो। केन्द्रका अध्यक्ष अमिन पाण्डेयले सभ्य सुरक्षित समाजको लागि सामुदायिक मञ्च अहोरात्र खटिन तयार रहेको बताउँदै उहाँले कामनपा १५ मा बिशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान स्वरूप हरेक बर्ष १ तोला स्वर्णतक्मा प्रदान गर्ने जानकारी दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।