शुक्रबार, बैशाख १४, २०८१

नेवि संघको प्रदर्शनमा प्रहरी हस्तक्षेप , दर्जनौ विधार्थी नेता घाइते

 सरकार रोम जल्दा निरोले बासुरी बजाएको मुद्रामा बसेको काँग्रेसको आरोप

  काठमाडौ साउन १,  नेपाल विद्यार्थी संघले डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आज राजधानीम विरोध प्रदर्शन गरेको छ । संघले माथेमा प्रतिवेदन लागू गरेर डा केसीले राखेको माग पूरा गर्न माग गर्दै आज गरेको प्रदर्शनको क्रममा संघका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा परी १० भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएको संघले जनाएको छ ।

 यसैवीच नेपाल विसंघको संघले राजधानीमा गरेको प्रदर्शनको क्रममा भएको प्रहरी हस्तक्षेपको नेपाली कांग्रेस भत्र्सना गरेको गरेको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शमाले एक विज्ञप्ति जारी गर्दै संविधानले प्रदत्त गरेको शान्तिपूर्ण भेला हुन र प्रर्दशन गर्न पाउने अधिकार माथिको यो हस्तक्षेपले सरकारको अधिनायकवाद उन्मुख चरित्रलाई उजागर गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा डा।केसीको जीवन जोखिममा पर्दै जाँदा समेत मागको सुनुवाई नगरेर सरकारले संवेदना शून्य प्रदर्शन गरेको जिकिर गर्दै डा के सीको जीवन रक्षा गर्ने सन्दर्भमा देशव्यापी रुपमा आन्दोलनको भावना बढिरहेको बेला त्यसलाई नजरअन्दाज गरेर सरकार भने रोम जल्दा निरोले बासुरी बजाएको मुद्रामा देखिएको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा तत्कालै यो चरित्रलाई सुधार गर्ने तर्फ सरकार गम्भीर बनोस्, नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।