बिहिबार, बैशाख १३, २०८१

नेविसंघद्दारा प्रम ओलीको पुत्ला दहन

काठमाडौ माघ १५, नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्दै मंगलबार काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडि आज पनि आफ्नो प्रदर्शनलाइ जारी राखेको छ ।  संघले प्रदर्शनको क्रममा सरकारविरुद्ध चर्को नाराबाजी सहित प्रधानमन्त्री केपी ओलीको पुत्लासमेत दहन गरेका छन ।

त्यस्तै प्रदर्शन एवम् पुत्ला दहनको क्रममा भएको लाठीचार्जका कारण केही विद्यार्थीहरु घाइते भएको जनाउँदै संघले आज बिहान प्रम निवास बालुवाटार अगाडि भएको प्रदर्शन क्रममा पक्राउ गरेका कार्यकर्तालाई छाड्न माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।