बुधबार, बैशाख १२, २०८१

नेवार समुदायलाई एकजुट हुन नेवा: पुच: युएईको आव्हान

 काठमाडौं चैत २०,  नेवा: पुच:  युएईका महासचिव कुमार बलामी केन्द्रीय महिला प्रमुख श्रीमती कामना श्रेष्ठले नेवार समुदायलाई एकजुट हुन आव्हान गर्नुभएको छ । ३० मार्च २०१८का दिन युएई स्थित अजमानमा नेवा: पुच: युएईले नेवा: दिवस मनाउने क्रममा यस्तो आव्हान गर्नु भएको हो ।

नेवा: पुचका अध्यक्ष लक्ष्मण श्रेष्ठको सभापतित्वमा नेवारी परम्परा अनुसार थकाली, केन्द्रीय पदाधिकारी, क्षेत्रीय पदाधिकारी तथा मिसा: पुचका पदाधिकारी र नेफिन युएई अन्तर्गत तमु समाजका अध्यक्ष उषा तमुज्यु तथा तामाङ्ग समाजका अध्यक्ष   महेश मोक्तान , एन आर एन ए युएई का अध्यक्ष  रमेश श्रेष्ठ तथा एन आर एन ए एसिसी मनोज गोर्खालीका  साथै अन्य अतिथिको उपस्थितिमा नेवारी चलन अनुसार सुकुन्दामा दीप प्रज्वलन गरि बिधिवत रुपमा कार्यक्रम शुभारम्भ गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै नेपालको राष्ट्रिय गानबाट शुरूवात गरिएको उक्त कार्यक्रममा गत मार्च १२तारिखमा दुर्घटना भएको युएस-बांग्ला एयरलाइन्समा दिवंगत हुनुभएका सम्पुर्ण यात्रुको आत्माको चीर शान्तिको लागि एक मिनेट मौन धारण समेत गरिएको  थियो ।    नेवारी परम्परा अनुसार बिभिन्न परिकारसहितको लब्ते भ्वेएको ब्यवस्था गरी सबै उपस्थितलाइ सहभागी गराईएको थियो।  त्यसक्रममा कार्यक्रममा मिसास् पुचस् अबुधाबीका उपाध्यक्ष मीना श्रेष्ठ, सचिब अन्जना कर्माचार्य नकर्मी, कोषाध्यक्ष रजिना जोशी श्रेष्ठ, सदस्य अर्चना शिख्राकार, अजमानका पद्मा श्रेष्ठ र निरु श्रेष्ठ तथा शारजाहका कल्पना श्रेष्ठले तयार पारेर ल्याउनु भएको वहस्, न्या, खें, छोएला, अचार सहितको समेबजी वितरण गरिएको थियो ।

धिमे बाजा र भुस्याको तालमा हिरालाल श्रेष्ठको लाखे नाचसंगै अबुधाबी क्षेत्रीय अध्यक्ष सुनिल मान श्रेष्ठ नेवाले दिवसलाई निरन्तरता दिँदै आफ्नो भाषा, संस्कृति तथा कलालाई जगेर्ना गर्नुपर्ने कुरामा जोड दिनुभएको यक्त कार्यक्रममा पुचका अध्यक्ष लक्ष्मण श्रेष्ठ मिसा पुचका महासचिव अनिता श्रेष्ठज्युले प्रकाश पार्नुभएको थियो भने पुचस्का महासचिव कुमार बलामीले भुवन नकर्मी, भीम नारायण श्रेष्ठ, रबि शाही, रबिन महर्जन , अनिल जोशी , नविना शाक्य र भुपु महासचिव सुरथ प्रधान, सुनिता महर्जनलगायतले बोल्नु भएको थियो ।   श्रोत :महासचिव कुमार बलामी ,(नेवास् पुच: युएई)

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।