बिहिबार, बैशाख १३, २०८१

नेमकिपालाइ सासंद बस्नेतको चुनौती

काठमाडौ पत्रकार गिरीलाई युवा पत्रकारिता पुरस्कार २०७५ बाट सम्मान

भक्तपुर पुस २९/ रामचन्द्र प्रजापति,  भक्तपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको बार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनमा शनिवार  सम्पन्न भएको छ ।  अधिवेशनको सुभारम्च गर्दै पूर्वमन्त्री तथा संघीउ ससंद सदस्य महेश बस्नेतले राष्ट्रिय समाचार समिति भक्तपुरका सम्वाददाता रमेश गिरीलाई रु। ३० हजार नगद सहित यसवर्षको “युवा पत्रकारिता पुरस्कार–२०७५”बाट सम्मान गरेको छ । डेढ दशकदेखि भक्तपुरमा रहेर निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै पूर्वउद्योग मन्त्री समेत रहनुभएका सांसद बस्नेतले उहाँलाई खादा ओढाएर नगद सहितको सम्मान पत्र प्रदान गर्नुभएको हो ।

त्यस्तै उदेघाटनसत्रलाइ सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले  भक्तपुरमा विकास विरोधी गतिविधि गरिरहेको नेपाल मजदुर किसान पार्टीलाई आगामी चार वर्ष विकासमा एकताबद्ध हुन आग्रह गर्दै त्यसपछि हुने चुनावमा राजनीतिक प्रतिस्पर्धामा आउन चुनौति दिनुभएको छ । कुनै पनि विकास निर्माणका कार्य तथा योजनाहरु फेरी फर्कने अवस्था आएमा नेपाल मजदुर किसान पार्टीलाई जनताले माफ नगर्ने चेतावनी दिनुभएको छ ।
त्यस्तै उहाँले नेपालको काष्ठकला, मूर्तिकला, धातुकला, फर्निचरसँग विश्वमा कसैले प्रतिस्पर्धा गर्न नसक्ने बताउदै यस्ता कालीगढ भक्तपुरमा मात्रै हुनु गौरवको कुरा भएको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174