बिहिबार, चैत्र १५, २०८०

नेपाल संवत् मनाउन सरकारका तर्फबाट रु १० लाख सहयोग

  • आजबाट नेपाल संवत ११३८ को सुभारम्भ

  •  नेपाल संवतको संरक्षण, संवद्र्धन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

 काठमाडौ कार्तिक ३,  आजबाट नेपाल संवत् ११३८ को सुभारम्भ भएको छ । नेपाल संवत अर्थात नेपालको मौलिक संवत नयाँ वर्ष सुभारमभ भएको अवसरमा आज देशभर विविध कार्यक्रम गरी संवतको स्वागत गदै विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल संवत् ११३८ शुभारम्भको अवसरमा नेपा : या म्हसीका, नेपा : या गौरव ।। राज्य हे छयलेमा :  नेपाल संवत भन्ने मुल नारा सहित आज राष्ट्रिय विभूति साख्वाकृत नेपाल संवत मनाउँने क्रममा एक आपसमा शुभकामना आदान प्रदान गर्दै काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायतका क्षेत्रमा आयोजित विभिन्न कार्यक्रमम आयोजना गरिएको छ ।

यसै क्रममा आज रानधानीमा परम्परागत जातीय भेषभूषा सहितको सास्कृतिक वृहत पञ्चबुद्धको भाँकी सहित विभिन्न सामाजिक सङ्घरसंस्थाका साथै स्थानीय क्लबहरु सम्मिलित वृहत सांस्कृतिक शुभकामना ९यालीले राजधानीको कम्पुकोट, यटखा, नरदेवी, किलागल इन्द्रचोक लगायत शरहको भित्रीभागको परिक्रमा गर्दै बसन्तपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमसख आतिथ्यतामा आयोजित विशेष सभामा परिणत भएको थियो ।

यसैवीच नेपाल संवतको ुभारम्भको अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिद्वारा राजधानीको बसन्तपुरमा आयोजित सवशेष कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत् नेपालको मौलिक संवत भएको चर्चा गर्दै यसको संरक्षण, संवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको जनाउ सहित संविधानको कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि निर्धारित मितिमै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । साथै उहाँले नेपाल संवत् मनाउन रु १० लाख सरकारका तर्फबाट प्रदान गरिने बताउँनु भयो ।   कार्यक्रममा कार्यक्रम संयोजक चित्तरञ्जन नेपाली काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर लगायतले नेपाल संवतका प्रणेता साख्वाको म्बिन्धमा चर्चा गर्नु भएको थियो ।