मङ्लबार, बैशाख ११, २०८१

नेपाल र भारतमैत्री धर्मशालाको उद्घाटन शुक्रबार

काठमाडौ भाद्र १३ , भारत सरकारको २२ करोड आर्थिक सहयोेगमा निर्मित नेपाल–भारत पशुपति मैत्री धर्मशालाको उद्घाटन प्रम केपी ओली र भारतीय प्रम नरेन्द्र मोदीले भाद्र १५ गते शुक्रबार संयुक्तरूपमा गर्नुहुने कार्यक्रम तय भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालका अनुसार नेपालको धार्मिक एवम् आध्यात्मिक पर्यटन प्रवद्र्धनको लक्ष्य सहित निर्माण गरिएको ३ तले उक्त धर्मशालामा ८२ कोठा रहनेछ । यसमध्ये चार कोठा विशिष्ट व्यक्तिका लागि बनाईएको जानकारी दिनु भएको छ ।

त्यस्तै पशुपति दर्शनमा आउने धार्मिक पर्यटकलाई निशुल्क भन्दा पनि सहुलियत दरको हुने प्रस्तुत धर्मशालामा शाकाहारी खानाका साथै बस्ने व्यवस्था समेत गरिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।