मङ्लबार, बैशाख ४, २०८१

नेपाल पाकिस्तानसँग १–० गोलअन्तरले पराजित

श्रवण झा/काठमाडौं, माघ २४, केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा दशरथ रंगशालामा आज भएको खेलमा पाकिस्तानसँगको मैत्रिपूर्ण फुटबल खेलमा  नेपाल पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको हो । एएफसी च्यालेन्ज कप छनोट फुबल प्रतियोगितालाई मध्यनजरगरी पाकिस्तानी टोलीसँग नेपाली राष्ट्रिय टोलीले तयारी फुटबल खेल खेलेको हो ।