शुक्रबार, चैत्र १६, २०८०

नेपाल एकायन कराते संघ नुवाकोटको अध्यक्षमा तामाङ

 काठमाडौं  भाद्र २ , नुवाकोट र नेपाल एकायन कराते संघ नुवाकोट जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । बिदुर नगरपालिका वडा नं. २ को साङेछछोयोइलिङ गुम्बा स्थित गुम्बाको वैठक कक्षमा सम्पन्न उक्त साधारण सभा जिल्ला समितिका अध्यक्ष  महेन्द्र  श्रेष्ठको सभापतित्व एवम् नुवाकोट जिल्ला खेलकूद विकास समितिका अध्यक्ष बुद्धि प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको  थियो ।  नेपाल एकायन कराते संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण डंगोलको विशेष आतिथ्यमा  सम्पन्न उक्त वार्षिक साधारण सभाबाट नयाँ कार्य समितिको चयन समेत गरिएको छ ।

नयाँ कार्य समितिको नयाँ कार्यकालका लागि अध्यक्षमा होम बहादुर तामाङ , उपाध्यक्ष नरेश तामाङ, उपाध्यक्ष राजु राई, सचिव सन्तोष राई , कोषाध्यक्ष भरत धौलकोटि तथा सदस्यहरुमा महेन्द्र कुमार श्रेष्ठ , मछिन्द्र थापा , राम कुमार गिरि , अन्जु पाण्डे , रमेश दाहाल , प्रकाश डंगोल , दीप चन्द्र राई तथा कृष्ण बहादुर राई निर्वाचित भएको प्राप्त समाचारमा  उल्लेख  गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।