शुक्रबार, चैत्र १६, २०८०

नेपालले शस्त्रलाई तोडेर स्नेहलाई जोडेको छ: भारतीय प्रम मोदी

  महानगरपालिकाद्दारा प्रम मोदीलाइ नागरिक अभिनन्दन सहित ५५ किलोको बुद्ध मूर्ति उपहार 

काठमाडौं बैशाख २९, प्रधानमन्त्री केपीओलीको निमन्त्रणमा आजबाट नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले आज नागरिक अभिनन्दन गर्नुको अलावा ५५ किलोको बुद्ध मूर्ति पनि उपहार दिएका छन् । नागरिक अभिनन्दन कार्यक्रममा मेयर विद्याशुन्दर शाक्यले भारतीय प्रम मोदीलाई महानगरको साँचो हस्तान्तरण समेत गर्नु भएको थियो । 

त्यस्तै नागरिक अभिनन्दन कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा भारतीय प्रम धा मोदीले काठमाडौं हिमालयको काखमा बसेको एउटा अनमोल रत्न भएको बताउँदै आफुलाइ सधै काठमाडौंले आकर्षित गर्ने गरेको बताउँनु भएको छ । त्यस्तै उहाँले मोदीले समय मिलार बुद्ध जन्मभूमि लुम्बिनी समेत भ्रमण गर्ने इच्छा व्यक्त गर्दै यहाँस्थित हजारौँ मन्दिर र बौद्ध विहारले काठमाडौको सौन्दर्य बढाएको चर्चा सहित नेपालले शस्त्रलाई तोडेर स्नेहलाई जोडेको बताएका छन्। 

नागरिक अभिनन्दन कार्यक्रम पछि उहाँ आजै नेपालको दुई दिने राजकीय भ्रमण पूरा गर्दै स्वदेश फर्किएका छन् । स्वदेश फर्किनुअघि मोदीले आफ्नो नेपाल भ्रमण ऐतिहाँसिक भएको प्रतिक्रिया समेत दिएका छन् । काठमाडौंबाट नयाँ दिल्ली उड्नुअघि आफ्नो ट्वीटरमा यस्तो पोष्ट गरेर भ्रमण ऐतिहाँसिक भएको जनाउ दिनु भएको हो । साथै उहाँले  मेरो भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ आयाम थपेको छ, न्यानो आतिथ्य प्रदान गरेकोमा नेपालीहरु र नेपाल सरकारप्रति हार्दिक कृतज्ञ छु भनेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।