शुक्रबार, बैशाख ७, २०८१

नेपाललाई फ्री वाइफाइ जोन बनाउने सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन

 काठमाडौँ पौष १७, सूचना तथा सञ्चार मन्त्रालयले नेपाललाई फ्री वाइफाइ जोन (निःशुल्क इन्टरनेट सेवा )युक्त मुलुक बनाउन आवश्यक सम्भाव्यता wifi_logoअध्ययनका लागि कार्यदल गठन गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य महेश अधिकारीको संयोजकत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्राविधिक उपसचिव, राष्ट्रिय योजना आयोगका प्राविधिक उपसचिव, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक उपसचिव, सूचना तथा सञ्चार मन्त्रालयका प्राविधिक उपसचिव र त्रिभुवन विश्वविद्यालयका सम्बन्धित विषयका विज्ञ रहनुभएको छ ।

मन्त्रालय सम्वद्ध स्रोतका अनुसार कार्यदलले कार्य सुरु गरेको ३० दिनभित्र नेपाललाई फ्री वाइफाइ जोनका रूपमा विकास गर्ने सम्बन्धमा आफ्नो राय र सुझाव सहितको प्रतिवेदन पेस गर्ने बुझिएको छ । कार्यदलको सदस्य सचिवमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाललाई तोकिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2013
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031