बिहिबार, बैशाख १३, २०८१

नेपालभाषा विविध साहित्यिक कार्यक्रमको आयोजना

काठमाडौ मंसिर ९,  नेपालभाषा सफु बहुउद्देश्यीय सहकारी संस्थांको आयोजनामा शुक्रवार बसन्तपुरस्थित आफ्नै कार्यकक्षमा विविध साहित्यिक कार्यक्रम अन्र्तगत एक अनौपचारिक नेपालभाषा साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ । ने.सं. ११३४ मा स्थापित सो सहकारी संस्थाको मुख्य उद्देश्य नेपालभाषाका श्रष्टाहरुको ग्रन्थ पाठकमाझ सहुलियतरुपमा पु¥याउनुको अलावा नेपालभाषाका ग्रन्थको प्रकाशन गर्नु रहेको छ ।

 नयाँ तथा पुराना साहित्यकर्मीको जमघठ रहेको उक्त कार्यक्रममा अमृत रत्न श्रेष्ठ, राम मानन्धर, राजेन्द्र रञ्जित, कृष्णभक्त बोडे, किरण रंजितकार, सौरभ शाक्य, अमिरमैया रञ्जित, रेवन्तलाल श्रेष्ठ, गोपाल महर्जन, बिमल कुमार ताम्राकार, हरिप्रसाद श्रेष्ठ, बसन्त महर्जन, रेखा शाक्य, शरण डंगोल लगायत दुइ र्दजन साहित्यकर्मीले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

नेपालभाषाका कथा, कविता, गजल, व्यंग्य आफ्ना रचना वाचन गरीएको सो कार्यक्रममा यस कान्तिपुर हटलाइनका फोटो पत्रकार शरण डंगोलले आफ्नो रचना “संघर्ष गबले क्वचाइ” शिर्षकमा कविता प्रस्तुत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।