शनिबार, बैशाख ८, २०८१

नेपालको राजनीति परिवर्तनमा फोटो पत्रकारको भूमिका अग्रणी रहेको छ : उपराष्ट्रपति पुन

 काठमाडौ माघ १९,   राजधानीको भृकुटीमण्डपमा नेपाल फोटो पत्रकार समूह द्वारा आयोजित अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको बताउनु भएको छ ।   त्यस्तै रक्षामन्त्री भीमसेनदास प्रधानले सत्य र निष्ठाको अर्को नाम फोटो पत्रकारिता भएको बताउनुभएको उक्त कार्यक्रमम नेकपा एमालेका सचिव योगेश भट्टराईले फोटो पत्रकारसँग समाज रुपान्तरण गर्ने शक्ति, सामथ्र्य र प्रभाव हुने विचार व्यक्त गर्नुभएको छ ।

त्यस्तैगरि नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले फोटो पत्रकार समाजको ऐना भएकाले राज्यबाट तिनको सुरक्षा हुनुपर्ने बताउनुभएको उक्त कार्यक्रममा समूहका अध्यक्ष ध्रुव आले, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल मुद्रण संघका अध्यक्ष माधव केसी, नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डे, एनएफपिजेका सचिव प्रदीपराज वन्तलगायतले वोल्नु भएको थियो ।

साथै यसअघि नेपाल शैक्षिक परामर्श संघको सहयोगमा समुहले आयोजित शैक्षीक मेलामा आयोजना गरिएको भूकम्प पछिको नेपाल नामक प्रतियोगीतात्मक फोटो प्रर्दशनीका विजेताहरुलाइ समेत  पुरस्कार वितरण गरिएको थियो । यसरी पुरस्कृत हुने फोटोपत्रकारहरुमा क्रमस थाहा खवरमा कार्यरत फोटोपत्रकार दीपक केशी प्रथम लाइ रु ५० हजार नगद र प्रमाणपत्र त्यस्तै भक्तपुरका फोटोग्राफ सरोज बाँदे दोस्रोलाई नगद रु २० हजार र तृतिय पुरस्कार विजेता दिपक केबीलाई रु १५ हजार र फोटोपत्रकार राजेश गुरुङ र स्कन्द गौतमलाई सान्तवना स्वरुप जनही रु ५ हजार , प्रदान गरी सम्मान गरिएको थियो ।

आजबाट माघ २१ गतेसम्म जारी रहने उक्त   प्रदर्शनीमा ताइवान, भारत, चीन, जापानलगायत देशमा निर्माण भएका सञ्चार क्षेत्रसँग सम्बन्धित उपकरण, पुस्तक आदि राखिएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।