बिहिबार, चैत्र १५, २०८०

नेता सिंहले भने- देउवा असफल सभापति

देउवालाइ संसदीय दलको जिम्मेवारी दिन नहुनेमा यसवा नेताहरुको जोड

 काठमाडौं फागुन १६,   नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले दलको नेतामा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभामा नवनिर्वा्चित सांसदहरुलाई लञ्चको लागि बोलाएको भेलामा सहभागी भएका नेता सिंहले सञ्चाकर्मीसंगको कराकानीको क्रममा आफ्नो उम्मेदवारीको घाषणा गरेको जनाउ दिदै आफुले आजसम्म चुनाव हारेको ईतिहाँस नभएको बताउँनु भएको छ ।

 त्यस्तै नेता सिंहले महाधिवेशन भएको २ वर्ष भइसक्दा पनि विभाग, प्रतिष्ठान, उपसभापति पनि नियुक्त गर्न सक्नुभएन, उहाँकै कारणले पार्टीका कुनै पनि संरचना चलायमन हुन नपाउँदा काँग्रेसले पराजित हनुपरेको जनाउ दिदै उहाँले भने वर्तमान पार्टी सभापति देउवा असफल सभापति भएको बताए ।  संस्थापक नेताहरुले स्थापना गर्दा पार्टीमा जुन किसिमको लोकप्रियता र जनप्रियता थियो, त्यही गति प्रदान गर्नको लागि नेतृत्वको परिवर्तन हुनुपर्ने  जिकिर सहित नेता सिंहले अंकगणीतीय कुरा गर्ने हो भने मेरो चुनाव जित्ने हिसाव सुरक्षित रहेको बताए ।

 यसैवीच कांग्रेसका युवा नेताहरुले सभापति शेरबहादुर देउवा नै फेरि संसदीय दलको नेताको जिम्मेवारी दिन नहुने बताएका छन । सम्पन्न तीनै तहको निर्वाचनमा पार्टीले पराजित हनु परेको अवस्थालाइ दृष्टिगत गर्दै नैतिकरुपमा प्राप्त जिम्मेवारीबाट समेत वाहिरिनुपर्ने उहाँलाइनै थप जिम्मेवारी दिनु भनेको आफैमा लज्जास्पद भइको बताएका छन ।  यस्तो आवाज मुखरित गर्ने काँग्रेसका युवा नेताहरुम केन्द्रीय सदस्य प्रदीप पौडेल सहित चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, कल्याण गुरुङलगायतका रहेका छन ।

त्यस्तै यहि मार्गमा वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षीय नेताहरूसमेत छन्। तर पनि संसदको अंकगणितले हिसावमा हर्नेहो भने देउवा दलको नेता बन्ने सम्भावनालाइ नर्कान सकिन्न । यसवीचमा समयको मागलाइ काँग्रेस सासंदहरु जो परिवर्तनको कुरा मात्र गर्छन या व्यवाहर पनि त्यो भने हेर्न बाँकी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।