शनिबार, बैशाख ८, २०८१

नेता ढकाललाइ पितृ शोक

काठमाडौं पुस २६ , नेपाली कांग्रेसका महासमिति सदस्य एवम् यस अनलाइन पत्रिकाका शुभचिन्तक लोकेश ढकाललाइ पितृ शोक परेको छ । नेता ढकालका ८६ बर्षीय पिताजी केशवप्रसाद ढकालको चावहिल मनमैजु स्थित आफ्नै निवासमा निधन भएको हो ।

शोकको यश दुखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त सम्पुर्ण परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भनि प्रार्थना गर्दै श्रद्धासुमनका साथ हार्दिक समवेदना व्यक्त गर्दछौं ।


यसैवीच नेपाली काँग्रेस मुख्यालयले पनि आज एक शोक विज्ञप्ति जारी गर्दै ढकालको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । तयस्तै विज्ञप्तिमा २००७ सालको क्रान्तिमा सक्रिय हुँदै मुलुकमा प्रजातन्त्र स्थापनाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । त्यस्तै उहाँ क्रान्तिपछि सुवर्णशम्शेर राणा स्वदेश फर्कदा उहाँपनि सँगै नेपाल फर्किएको उल्लेख गरिएको छ ।स्व ढकालका तीन छोरा र दुई छोरी छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।