शुक्रबार, चैत्र १६, २०८०

नेताहरुवीच देखिएको विमतिको सम्बोधनका लागि नेकपाको सचिवालयको बैठक बस्दै

काठमाडौ असोज २२,  नेपाल कम्युनिष्ट पार्टी (नेकपाको) सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।आइतवार दिउँसोका लागि तय भएको सचिवालय बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको कार्य व्यस्तताका कारण स्थगित भएको थियो ।

बैठकमा मुलत सरकारको पछिल्लो कार्यसम्पादन सहित पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय संगठनको एकता लगायतका विषयमा छलफल सहित सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गर्ने तयारीरहेको बताइएको छ ।

यसअघि बसेको बैठकले सचिवालयको बैठकले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तय गरेको सावलमा नेताहरुवीच देखिएको
विमति समेतलाइ आजको बैठकले सम्बोधन गर्ने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।