बिहिबार, बैशाख ६, २०८१

नेकपाले ५० हजारलाई चियापान गराउँने

 काठमाडौ कार्तिक ७, नेपाल कम्युनिष्ट पार्टीले विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आगामी शनिबार आयोजना गर्ने चियापान कार्यक्रममा  ५० हजारलाई निम्ता गरिएको जनाएको छ ।

एमाले र माओवादी केन्द्रवीचको एकतापछि आयोजना गरिएको चियापान कार्यक्रम राजधानीस्थित भृकुटीमण्डपस्थित बगैँचामा दिउँसो १२ बजेदेखि ३ बजेसम्म  पार्टीका कार्यकर्ता र सर्वसाधारणलाइ त्यस्तै दिउँसो ३ बजेदेखि ५ बजेसम्म नेपालस्थित विदेशी कूटनीतिज्ञ, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका पदाधिकारी लगायतका विशिष्ट अतिथिलाइ चियापान गराइने    बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।