शनिबार, बैशाख ८, २०८१

नृत्यको दुनियाँमा नयाँ आयाम, ‘स्वजन रघुवंशी एकल साँझमा कार्तिक नाच देखि साल्सा डान्ससम्म

 काठमाडौ असार ८, नेपालमै पहिलो पटक नृत्य विधामा एकल कार्यक्रम सम्पन्न भएको छ। आइतबार राजधानीस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा युवा नृत्यकार स्वजन रघुवंशीको एकल साँझ’ आयोजना गरिएको हो ।   नमस्कार नृत्यबाट एकल नृत्य साँझको आरम्भ गरेका कलाकार रघुवंशीले लोक नृत्यको साथै कथक र भरतनाट्यमको नमस्कार र कार्तिक नाचको द्यः ल्हाये नृत्य सहित गुरु, मातापिता, इष्टदेव, नाटेश्वर, वाद्यवादक, जल, वायू, पृथ्वी, अग्नि, आकाश, दर्शक, कर्मभूमि सम्पूर्णलाई वन्दना गरेका थिए ।

त्यसलगत्तै भारतको इलाहावाद विश्वविद्यालयबाट कत्थक नृत्यमा गोल्ड मेडल प्राप्त गरेका नृत्यकार रघुवंशील करीब ४०० वर्ष पुरानो ऐतिहासिकता वोकेको कार्तिक नाच अन्तर्गतको उषाहरण लीलाको कुमार नृत्य जुन नृत्य ‘विश्वको सवैभन्दा प्राचीन वियोगान्त नृत्यको रुपमा गिनिज बुकमा ग्रीकको ट्र्याजिक डान्ससंग फर्मलाई लिइए नृत्य प्रस्तुत हुँदा दर्शक निकै रमाएका थिए ।

त्यस्तै कलाकार स्वजनले चर्या नृत्य अन्तर्गतको अत्यन्त गोपनिय अर्थात नृत्य मानिएको पंचकपाल नृत्य प्रस्तुत गरेका थिए । त्यस्तैगरि मादलको तालमा झ्याउरे नृत्य भरतनाट्यम नृत्य पाश्चात्य नृत्य र कलाकार कृपा बज्राचार्यले साथमा साल्सा डान्स समेत प्रस्तुत गर्दै दर्शकलाई मुग्ध बनाएका थिए ।   कृष्णले कालिया नागको दमन गर्ने कथा समेटिएको कत्थक नृत्यमा त स्वजन लगातार १८ मिनेट नाचे । अन्तिममा संसारभरीका सबै आमालाई श्रद्धा र आदर प्रकट गर्दै स्वजनले आमा नृत्य प्रस्तुत गर्दै आफ्नो प्रस्तुति सम्पन्न गरे । आमा नृत्य सम्पन्न हुँदा कलाकार स्वजन रघुवंशीकै माता कृष्णशोभा रघुवंशीको मंचमा आगमनपछि माहौल भावुक बनेको थियो ।

नृत्य निर्देशक संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजय शर्माले कलाकार वा कला क्षेत्र देशको गहना मात्र नभएर राज्यले कला क्षेत्रलाई पाँचौ अंगको रुपमा परिभाषित नगरेसम्म कला क्षेत्रको समुचित विकास हुन नसक्ने कुरामा जोड दिनुभएको उक्त कार्यक्रममा नृत्य निर्देशक हनी श्रेष्ठले एकै व्यक्तिले गाएर अथवा बजाएर एकल साँझ गर्नुभन्दा नृत्यमा एकल साँझ गर्नु निकै गा-हो रहेको बताउनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।