शुक्रबार, चैत्र १६, २०८०

नुवाकोट काँग्रेसका विजेता उम्मेदवारहरुले बुझाए निर्वाचन खर्च विवरण

 नुवाकोट पौष १३, संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिएकामध्ये अहिलेसम्म २४ उम्मेदवारले निर्वाचन खर्च निर्वाचन आयोगमा बुझाएका छन् ।प्रत्यक्षतर्फका ankc mahat & lamaउम्मेदवारले मत परिणाम सार्वजनिक भएका ३५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण पेस गर्नुपर्ने कानुनी प्रावधान अनुरुप उम्मेदवारहरुले आ.आफ्नो निर्वाचन क्षेत्रमा भए गरेका खर्च विवरण बुझाएको हो ।

यसैक्रममा नुवाकाट क्षेत्र नं १ का काँग्रेस उम्मेदवार अर्जुननरसिंह केसीले निर्वाचनमा रु नौ लाख ९९ हजार ८ सय र क्षेत्र नं २ का काँग्रेसका उम्मेदवार रामशरण महतले रु नौ लाख ८० हजार रुपैया खर्च भएको विवरण पेस गर्नुभएको छ भने क्षेत्र नं ३ का कांग्रेसका बहादुरसिंह लामाले रु नौ लाख ९९ हजार ५ सय खर्च भएको विवरण पेस गर्नुभएको जिल्ला निर्वाचन कार्यालयलाई उदृत गर्दै प्राप्त समाचारमा जनाएको छ ।