मङ्लबार, बैशाख ४, २०८१

नि :शुल्क शिविर सहित काभ्रेमा रोटरीको ग्रिन प्लान्टेशन

काठमाडौं साउन २७ , बढ्दो वातावरणीय संक्रमण र त्यसको प्रतिकुल असरलाइ न्यूनिकरण गर्ने लक्ष्य सहित हित इननर व्हिल क्लवको सहकार्यमा रोटरीक्लव अफ न्यूरोड सिटीले शनिवार ग्रिन प्लान्टेशन को कार्यक्रम अन्र्तगत काभे्रको ढाडा गाउँ मणडन देवपुरमा वुक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

क्लवले पछिल्लो समय वातावरणीय चुनौती अन्र्तगत सिर्जित समस्यालाइ हरियालीको माध्यमबाट केहिहदसम्म भएपनि स्वच्छ राख्दै संरक्षण गर्ने लक्ष्य अनुरुप यसअघि सुरु गरेको ग्रिन प्लान्टेशन अभियानको अन्र्तगत विस्तारित श्रृखला भएको क्लवले जनाएको छ ।
त्यस्तै वृक्षा रोपनको क्रममा आज रोप्ने भोली छोड्ने नभइ देशव्यापी बनाउँने लक्ष्य निर्धारण गरेको र यस क्रममा एक रोटरीएन एक विरुवा’ को नारा सहित ४सय विभिन्न प्रजातिका विरुवा रोपन गरिएको क्लवका अधिकारीहरुले जनाएका छन ।

त्यस्तै विरुवा रोपण कार्यक्रमर्मा रोटरीक्लव अफ न्यूरोड सिटी क्लवका अध्यक्ष मणिकरत्न शाक्य, इननर व्हिल क्लवका प्रतिनिधी लगायतको दर्जनौ क्लव सदस्यहरुको उपस्थिती रहेको क्लवका जनसम्पर्क अफिसर रमिला श्रेष्ठ शाक्यले जानकारी दिनु भएको छ ।

यसैवीच क्लवले काभे्रको ढाडा गाउँस्थित सामुदायिक स्वास्थ्य केन्द्रको सहकार्यमा निशुल्क महिला रोग सम्बन्धी शिविर समेत सञ्चालन गरेको जनाएको छ । शिविरमा स्थानीय बहुुसख्यक महिला लाभाम्वित भएको जानकारी दिदै क्लवका जनसम्पर्क अफिसर रमिला श्रेष्ठ शाक्यले जानकारी दिनु भएको छ ।

Publish on: Aug 12, 2018