शुक्रबार, चैत्र १६, २०८०

निर्वाचन सुरक्षा व्यवस्था कडा बनाउ: राष्ट्रिय मानवअधिकार आयोग

काठमाडौ मंसिर १८,राष्ट्रिय मानवअधिकार आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा सुरक्षा व्यवस्थालई प्रभावकारी तुल्याई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको छ ।    निर्वाचनका क्रममा उम्मेदवारसहित सर्वसाधारणसमेत घाइते हुनेगरी हुँदै आएको बम आक्रमणको बढ्दो श्रृखलाको निन्दा गर्दै यस्ता घटनाले निर्वाचन सुरक्षामा गम्भीर चुनौती खडा गरेको भन्दै आयोगद्दारा आज जारी विज्ञप्ति जारी गर्दै निर्वाचनलाई शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचित हुन पाउने र जनप्रतिनिधि छान्न पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान गर्न सम्बन्धित सबै पक्ष र नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै विज्ञप्तिमा आयोगले घटनाका दोषी पहिचान गरी कानूनी दायरामा ल्याउन, निर्दोष व्यक्तिलाई कुनै पनि आस्थाका आधारमा जथाभावी धरपकड नगर्न र घाइते व्यक्तिको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न र सकारको ध्यानाकर्षण सहित यी यसता घटनाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६ लगायतका नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, नेपालको संविधानलगायतका कानून तथा शान्तिपूर्ण र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगबाट दिइएको निर्देशनसमेत प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।