शुक्रबार, चैत्र १६, २०८०

निर्वाचन प्रयोजनको लागि प्रदेश नं २ मा पाँचदिने बिदा

अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको अध्यक्षमा बस्नेत  र प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा  आचार्य  नियुक्त

काठमाडौ भाद्र २६, आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहकोे तेस्रो चरणको निर्वाचन प्रयोजनको लागि भाद्र bd0373d8cab6208745b18dec14a367fa३० देखि असोज ३ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले भूकम्पपछिको पुनःनिर्माणका लागि दाताहरुको संयुक्त कोषमार्फत विश्व बैंकले दिने रु एक अर्ब पाँच करोड अनुदान सहयोग स्वीकार गर्ने र राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यसमितिका अध्यक्षमा नरेन्द्रराज बस्नेत र प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।