बिहिबार, बैशाख ६, २०८१

निर्वाचनमा सेना परिचालनको पूर्ववर्ती निर्णय यथावत : रक्षामन्त्री प्रधान

  • निर्वाचनपछि वामपन्थीको  बुहमतको सरकार : झक्कुप्रसाद

  •  काँग्रेस लगायतका दललाइ नोकिया फोन: चिलुवाल

 काठमाडौ कार्तिक १७,   रक्षामन्त्री भीमसेनदास प्रधानले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा मधेश केन्द्रीत भइ सेना परिचालन गर्ने कुनै निर्णय नभएको बताउँनु भएको छ । साथै उहाँले चुनावको क्रममा मतदाता र निर्वाचन क्षेत्रको सुरक्षार्थ पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गर्ने पूर्ववर्ती निर्णय यथावत नै रहेको बताउँनु भएको छ ।   काठमाडौं क्षेत्र नम्बर ६ बाट कांग्रेसको तर्फबाट उम्मेद्धवार समेत बनेका रक्षामन्त्री प्रधानले आसन्न निर्वाचनबाट लोकतान्त्रिक शक्तिले स्पष्टरुपमा जित हात पार्नेमा कुनै श+का नरहेको समेत बताए ।

त्यस्तै साक्षात्कारका अर्का वक्ता एवम् वाम गठन्धनबाट काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेद्धवार समेत रहेका झक्कुप्रसाद सुवेदीले अबको निर्वाचनमा वामपन्थीहरुले अत्यधिक बुहमतको सरकार बनाउने र देशलाई समृद्धितिर लैजाने भएकोले आफूले जितेपछि जनताको सेवामा समर्पित हुने बताए ।    साथै नेता सुवेदीले शनिवारबाट आफ्नो घरदैलो कार्यक्रम सुरु हुने र त्यसक्रममा आफुले जनताको समस्या सुन्नेछु, त्यही अनुसार के गर्न सक्छु भन्ने कुराको म प्रतिबद्धता जनाउदै अब कोटेश्वरबाट ६ नम्बर क्षेत्रमा सर्ने तयारी भएको पनि बताए

त्यस्तै गरि विवेकशील पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्���र ६ मा उम्मेदवारी दर्ता गराएका अर्का उम्मेदवार रमेश चिलुवालले मुलुकमा पछिल्लो समयको विश्लेषण गर्दै यावत विकृति विरुद्ध आफ्नो उम्मेदवारी भएको जनाउ दिदै स्मार्टफोनको जमानामा नोकिया फोनको कुनै अर्थ नभएको भन्दै उनले काँग्रेस लगायतका दललाइ नोकिया फोन भएको बताए ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031