शुक्रबार, चैत्र १६, २०८०

निर्वाचनको सुरक्षाका लागि नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि बन्द

काठमाडौं मंसिर १८,  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल–भारत सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएको छ ।  आज राति १२ बजेदेखि बन्द हुने नाका मंसिर २१ गते राति १२ बजेपछिमात्र खुल्नेछ । जिप्रका पर्सालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार निर्वाचनको क्रममा सीमापारिबाट हुने आपराधिक गतिधि नियन्त्रण गर्न सीमा बन्द गरिएको जनाउँदै सिमा नाका बन्द गरिएको जनाएको छ ।

यसैवीच प्राप्त अको समाचारमा पनि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका पनि बन्द हुने भएको छ । दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार सिमा नाका बन्द गरिन लागेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।