बिहिबार, चैत्र १५, २०८०

निर्मला हत्या प्रकरणको जाँचबुझका लागि विशेषज्ञ टोली गठन हुदै

हत्यामा संलग्न अपराधीलाई छिट्टै सार्वजनिक गर्ने प्रहरीको उद्घोष

काठमाडौं मंसिर २० , कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइरहेकै बेला अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराई विशेषज्ञ टोली गठन गर्ने तयारी भएको हो ।

मन्त्रालयमा बुधबार दिनभर गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मन्त्रीका सल्लाहकारद्वय सुर्य सुवेदी र इन्द्रजित राई तथा मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीबीच यस विषयमा छलफल भएको हो । –नागरिक दैनिकबाट

यसैवीच नेपाल प्रहरीले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा  संल्ग्न भएको भन्दै बुधवार लुकेर बस्दै आएका भीमदत्त नगरपालिकाका १८ बर्षीय प्रदीप रावललाई सिआईबीले मंगलबार पक्राउ गरि सोधपुछ गरिरहेको बताइएको छ । बयानको क्रममा धेरै कुरा खुल्न आएको प्रहरी स्रोतको दाबी छ । स्वयम् ती युवाले पनि आफूले अपराध गरेको कबुल गरेको बुझिएको छ । प्रहरीले सबै कुरा दुई चार दिनपछि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका ती युवा लागूऔषध दुर्व्यसनी भएको र निर्मला हत्याकाण्ड लगत्तै सुदुरपश्चिमबाट वेपत्ता भए काठमाडौं आएर लुलकेर बसेको आशंका गरिएको छ ।